logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपिदै

    शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपिदै

    1.9K
    Shares
    शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपिदै

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज (मंगलबार) पुनःम्याद थपिने भएको छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइने भएको हो ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यो प्रकरणका योजनाकार एवं बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो । उनीहरूको बयान र प्रमाणका आधारमा प्रहरीले यस प्रकरणमा जोडिएका अरू व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्ष अगाडिदेखि प्रक्रिया सुरु गरेको थियो । नेपाली नागरिकलाई विदेशी मुलुक (विशेष गरी अमेरिका) पठाउने आश्वासन दिएर रकम असुल गरिएको प्रमाणहरूबाट पुष्टि हुने उनको भनाइ छ ।

    यसैबीच करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवदेन पेस गरेको हो ।

    उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा आउँदो बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नुपर्छ । कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेसहितको आठ जनाको टोलीले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउने छ ।

    यो प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको छ । प्रहरीका अनुसार संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ ।

    यो प्रकरणमा थप प्रमाणहरू फेला परेमा प्रतिवादीको संख्या थपघट हुन सक्ने पनि जनाइएको छ । पक्राउ परेका १६ र फरार १६ जनाबाहेकविरुद्ध पनि प्रमाण भेटिएमा मुद्दा चलाउन मिल्ने गरी अभियोजन दर्ता गरिने प्रहरीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend