काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठकबाट सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ ।
नीति तथा कार्यक्रमलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।
गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।