चेन्नई । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई सुपर किंग्स १० औं पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । ओपनर रुतुराज गायकवाडले ४४ बलमा सर्वाधिक ६० रन बनाएपछि पहिले ब्याटिङ गरेको चेन्नईले १७२ रन बनाएको थियो ।
ब्याटिङ गर्न कठिन हुँदै गएको पिचमा गुजरात १५७ रनमा अलआउट भयो।
यस खेलमा पराजित भए पनि गुजरातको टोली फाइनलको दौडमा कायम छ । गुजरातले अब बुधबार एलिमिनेटर १ को विजेतासँग खेल्नुपर्नेछ।
गुजरातले टस जितेर बलिङ रोजेको छ । पहिले खेलेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा गुजरात २० ओभरमा १५७ रनमा अलआउट भयो। यो जितको नायक बने ऋतुराज गायकवाड । उनले ४४ बलमा ६० रनको महत्वपूर्ण इनिङ खेले। डेभोन कोनवे ९३४ बलमा ४०० को जोडीले ६४ बलमा ८७ रनको ओपनिङ साझेदारी गरे । त्यसपछि रविन्द्र जडेजाले १६ बलमा २२ रनको योगदान दिए । अजिंक्य रहाणे र अम्बाती रायुडुले समान १७–१७ रन जोडे ।
१७३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको गुजरातको टोलीले नियमित अन्तरालमा विकेट गुमायो । टोलीका ५ फिनिसरले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । जसका कारण टोलीले हार बेहोरेको थियो ।
गुजरातका ओपनर शुभमन गिलले ३८ बलमा ४२ रन बनाए भने लोअर मिडल अर्डरमा राशिद खानले १६ बलमा ३० रन बनाए। दासुन शनाकाले १७ र विजय शंकरले १४ रनको योगदान दिए । चेन्नईका लागि रविन्द्र जडेजा, दीपक चाहर, महिश टिक्षाना र मथिस पाथिरानाले २–२ विकेट लिए । तुषार देशपाण्डेले एक विकेट लिए ।