logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित संसद् बैठक अझै सुचारु हुन सकेन

    एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित संसद् बैठक अझै सुचारु हुन सकेन

    1.2K
    Shares
    एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित संसद् बैठक अझै सुचारु हुन सकेन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक १ घण्टा हुँदासम्म सुरू हुन सकेको छैन ।

    बुधबारको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै एमालेले सत्यतथ्य छानविन गर्न माग गर्दै बैठक अवरोध गरेको हो ।

    एमालेको अवरोध पछि छलफल गर्न भन्दै सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend