काठमाडौँ – दरबारमार्गमा रहेको डिभान ब्युटि सोलनले यहि जेठ १३ गते शनिबारका दिन जम्मा ६ रुपैयाँमा हेयर कट र ने आर्टको सेवा दिने भएको छ ।
सेवा शुभारम्भको ६ औं वार्षिकोत्सबको अवसरमा ६ रुपैयाँमानै सेवा दिन लागिएको डिभान प्रवन्ध निर्देशक रमेश पराजुलीले जानकारी दिएका छन ।
कम शुल्कमा गुणस्तरीय सेवा दिइरहेपनि वार्षिकोत्सबक दिन अझै धेरै नेपालीलाई सेवा दिन सकियोस् भनेर रु ६ मा सेवा दिने निर्णय गरिएको डिभानले जानकारी दिएको छ । यो अफरले धेरै भन्दा धेरैले डिभानको गुणस्तरीय सेवा लिन पाउने भएकाले हरेक पटक वार्षिकोत्सबका दिन वार्षिकोत्सब अनुसारको शुल्कमा डिभानले सेवा दिइरहेको छ ।
आगामी वर्षमा काठमाडौं थप ६ ठाउँमा मिनी सलुन सुरु गरेर सेवा थप विस्तार गर्ने र चाँडै काठमाडौं बाहिरका शहरहरुमा पनि सेवा विस्तार गर्ने डिभानले जनाएको छ ।