logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • उद्दण्ड यात्रीले विमानको ढोका खोलेको आरोप

    उद्दण्ड यात्रीले विमानको ढोका खोलेको आरोप

    2.2K
    Shares
    उद्दण्ड यात्रीले विमानको ढोका खोलेको आरोप

    एजेन्सी । एक जना उद्दण्ड यात्रीमाथि अवतरणको तयारीमा रहेको विमानको आपत्कालीन ढोका खोलेको आरोप लागेको छ । यद्यपि, विमान सुरक्षित रुपमा अवतरण भएको छ ।

    राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित डेगु विमानस्थलमा अवतरणको तयारीमा रहेको एशियाना एयरलाइन्सको विमानको आपत्कालीन द्वार एक जना उद्दण्ड यात्रीले जबरजस्ती खोलेका विमान कम्पनीले बताएको छ ।

    निजले धावनमार्गबाट विमान दुई सय मिटरको उचाइमा विमान रहेका बेला ढोका खोल्दा यात्रीलाई सास फेर्न गाह्रो भएको थियो ।

    विमान कम्पनीका अनुसार सास फेर्न गाह्रो भएका ती यात्रीलाई अस्पताल भर्ना गरिएको छ ।

    मध्यआकाशमा विमानको आपत्कालीन द्वार खोल्ने ती यात्रीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend