logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आयोगका सिफारिस सरकारले पूर्ण रुपमा कार्यान्वयन गरेनः अध्यक्ष मगर

    आयोगका सिफारिस सरकारले पूर्ण रुपमा कार्यान्वयन गरेनः अध्यक्ष मगर

    1.6K
    Shares
    आयोगका सिफारिस सरकारले पूर्ण रुपमा कार्यान्वयन गरेनः अध्यक्ष मगर

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस पूर्ण कार्यान्वयनमा सरकारले प्रतिवद्धता जनाएपनि परिणाम सन्तोषजनक आउन नसकेको बताएका छन् ।

    शुक्रवार आयोगको २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन् ।

    उनले आयोगले सिफारिस गरेका कार्यान्वयनमा निरन्तर प्रतिवद्धता जनाएपनि पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरे । उनले आयोगले सरकारलाई गरेको सिफारिस १५.३० प्रतिशत पूर्ण कार्यान्वयनमा आएको बताए । उनले २९.२ प्रतिशत आंशिक र कार्यान्वयन हुन नसकेको अझै ४५ प्रतिशत सिफारिस रहेको बताए ।

    उनले पीडितलाई क्षतिपूर्तिका लागि आयोगले सिफारिस गरे अनुसार पर्याप्त बजेट निकासा नहुँदा र छुट्टै कोषको अभावमा सबै पीडितले क्षतिपूर्ति पाउन नसकेको बताए ।

    अध्यक्ष मगरले सिफारिस कार्यान्वयनका लागि नेपाल सरकारसहित संसद, नागरिक समाज लगायतका सरोकारवाला निकायहरु सबैले आफ्नो भुमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले आायेगका सिफारिसहरुलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने संवैधानिक र कानूनि दायित्व नेपाल सरकारको भएको दाबी गरे ।

    उनले भने, ‘आयोगले सरकारलाई गरेको सिफारिस कार्यान्वयनको सूचक प्रतिफल हेर्दा १५.३० प्रतिशत पूर्ण, २९.२ प्रतिशत आंशिक र कार्यान्वयन हुन नसकेको ४५ प्रतिशत रहेको छ । पीडितलाई क्षतिपूर्तिका लागि आयोगले सिफारिस गरेकामा पर्याप्त बजेट निकासा र छुट्टै कोषको अभावमा सबै पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन् । आयोगको सिफारिस पूर्ण कार्यान्वयनतर्फ नेपाल सरकारले निरन्तर प्रतिवद्धता जनाएपनि त्यसको परिणाम सन्तोषजनक आउन सकेको छैन । सिफारिस कार्यान्वयनका लागि नेपाल सरकारसहित संसद, नागरिक समाज लगायतका सरोकारवाला निकायहरु सबैले आफ्नो भुमिकालाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ । आायेगका सिफारिसहरुलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने संवैधानिक र कानूनि दायित्व नेपाल सरकारको दायित्व हो ।’

    अध्यक्ष मगरले मानवअधिकारको प्रभावकारी कार्यान्वयनका लागि तीन तहकै सरकारले काम गर्न आवश्यक रहेको बताए । उनले भ्रष्टाचार र अनियमितता जस्ता गतिविधि रोकी सिमान्तकृत र सबै नागरिकको हक अधिकार सुनिश्चित गर्ने सामाजिक न्याय सहितको आर्थिक समृद्धि हाँसिल गर्न सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।

    अध्यक्ष मगरले संक्रमणकालीन न्यायको विषय छिटो टुंग्याइनुपर्छ भन्नेमा आयोग दृढ रहेको बताए । १७ वर्षसम्म पनि द्वन्द्व पीडितले न्याय नपाउनु दुःखको विषय भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend