logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तोः मनिष झाले

    एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तोः मनिष झाले

    1.6K
    Shares
    एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तोः मनिष झाले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरेका छन् । उनले एमालेले आज संसद अवरुद्ध गर्नु आवश्यक नभएको बताए ।

    उनले भने, ‘यो राजनीतिक एजेण्डा हो । यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजीराखेको एजेण्डा हो । सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो । त्यो भनेको नक्कली भूटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुनसक्छ । त्यसमा राजनीतिक दलहरुले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ । यो बाँधिएको कुराहरु हो । सरकार पनि कानूनी परिवन्धमा बाँधिएको छ । नीति कार्यक्रम पारित गर्नु छ । कानूनी शासन भनेको सडकमा मात्र होइन, सदनमा पनि लागू हुन्छ । कानूनी प्रक्रिया अनुसार विधान, संविधानले जे भन्छ त्यो अनुसार अगाडी जानुपर्छ । यसलाई राजनीतिक मुद्दा बनायो भने यो लिगेसी बन्छ । गलत सम्झौता गर्ने लिगेसी बन्छ ।’

    उनले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउनु नहुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend