एजेन्सी । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका छन् ।
चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा.किसिन्जरलाई उनको १००औँ जन्मोत्सवको शुभकामना व्यक्त गरे ।
उनीहरूबीच चीन–अमेरिका सम्बन्धका विभिन्न आयाम बारे विचार आदानप्रदान भएको थियो ।
सो अवसरमा द्वीपक्षीय सम्बन्ध थप मझबुद बनाउँने लगायत अन्तरराष्ट्रिय र क्षेत्रीय मुद्दाहरू बारे पनि छलफल भएको बताइएको छ।