logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सांसदले बोलेकै विषयलाई लिएर सदन अवरुद्ध गर्नु विधिसम्मत भएन: भिष्मराज आङ्देम्बे

    सांसदले बोलेकै विषयलाई लिएर सदन अवरुद्ध गर्नु विधिसम्मत भएन: भिष्मराज आङ्देम्बे

    1.1K
    Shares
    सांसदले बोलेकै विषयलाई लिएर सदन अवरुद्ध गर्नु विधिसम्मत भएन: भिष्मराज आङ्देम्बे

    पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले नक्कली शरणार्थी र भ्रष्टाचार प्रकरणको छानबिनमा अन्य दलहरुले सहयोग नगरेको आरोप लगाएका छन् ।

    पाँचथरको फिदिममा शनिबार नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले आयोजना गरेको कार्यक्रममा आङ्देम्बेले नक्कली शरणार्थी र भ्रष्टाचार प्रकरण छानबिन गर्न सरकारले तदारुकता देखाइरहेका बेला आफूलाई भ्रष्टाचार विरोधीका रुपमा परिभाषित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन फिर्ता लिएको बताएका हुन् ।

    भ्रष्टाचार र नेपालीलाई शरणार्थी बनाएर बिक्री गर्ने गिरोहमा संलग्न जोकोही भए पनि छुट दिन नहुने उनको तर्क थियो ।

    आङ्देम्बेले संसद् छलफल र कानुन निर्माण गर्ने थलो भएकाले संसद्मा कुनै सांसदले बोलेकै विषयलाई लिएर अवरुद्ध गर्नु पनि विधिसम्मत नभएको टिप्पणी गरे ।

    संसद् अवरुद्ध गर्दा विधि र प्रक्रिया ओझेलमा पर्ने भएकाले सबै दलका शीर्ष नेता र संसदीय समिति गम्भीर बन्नुपर्ने धारणा पनि उनले व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend