काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।
आज दशरथ रङ्गशालामा भएको पहिलो खेलमा एपीएफले जावलाखेललाई २–० गोलले पराजित गरेको हो । एपीएफको जितमा अर्मान्ड बिडोम र आभाष लामिछानेले एकरएक गोल गरे ।
बिडोमले खेलको २३औँ मिनेटमा र लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
खेलको ८६औँ मिनेटमा मैदानभित्र झगडा भएपछि एपीएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।