logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राजेन्द्र लिङ्देन भन्छन्– दरबार हत्याकाण्डको छानबिनमा कुनै आपत्ति छैन

    राजेन्द्र लिङ्देन भन्छन्– दरबार हत्याकाण्डको छानबिनमा कुनै आपत्ति छैन

    1K
    Shares
    राजेन्द्र लिङ्देन भन्छन्– दरबार हत्याकाण्डको छानबिनमा कुनै आपत्ति छैन

    सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दरबार हत्याकाण्डको छानबिन गर्ने विषयमा आफ्नो पार्टीको कुनै आपत्ति नहुने बताएका छन् ।

    आइतबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले आफ्नो पार्टी पनि उक्त घटनाको छानबिन गरेर सत्य तथ्य जनतामाझ पुर्‍याउनुपर्ने पक्षमा रहेको यसमा पार्टीको सहयोग रहने बताएका हुन् ।

    राप्रपा अध्यक्ष लिङ्देन उपाध्यक्ष रवीन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीसहित सुर्खेत आइपुगेका हुन् । शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रम पश्चात् राप्रपा नेताहरू सुर्खेत आइपुगेका हुन् ।

    देशको समसामयिक विषय र आगामी दिनमा सङ्गठनलाई कसरी अगाडि लैजाने भन्ने विषयमा प्रदेश अभियानमा छलफल हुने बताए ।

    सो क्रममा उनले देशको अवस्था सामान्य नभएको भन्दै विदेशी हस्तक्षेप बढेको बताए। सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशको अर्थतन्त्र सुधार गर्न नसक्ने उनको भनाइ थियो ।

    नक्कली शरणार्थी प्रकरण नेपालको इज्जतसँग जोडिएको भन्दै यो विषय राज्यविरुद्धको अपराध भएको बताए । यो प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend