logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रहरी र पहिचान पक्षधरबीच झडपमा अश्रुग्याँस प्रहार, विराटनगरको स्थिति तनावग्रस्त

    प्रहरी र पहिचान पक्षधरबीच झडपमा अश्रुग्याँस प्रहार, विराटनगरको स्थिति तनावग्रस्त

    1.1K
    Shares
    प्रहरी र पहिचान पक्षधरबीच झडपमा अश्रुग्याँस प्रहार, विराटनगरको स्थिति तनावग्रस्त

    विराटनगर । प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचान पक्षधारहरुले विराटनगरको देवकोटा चोकमा विरोध प्रदर्शन भइरहँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको छ ।

    प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो।

    त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले भीड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।

    कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ ।

    आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेल्मेट प्रयोग गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend