logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अब जनताको गणतन्त्र र समाजवादको गणतन्त्र बनाउनुपर्ने दिशमा लाग्नुपर्छ: महासचिव गुरुङ

    अब जनताको गणतन्त्र र समाजवादको गणतन्त्र बनाउनुपर्ने दिशमा लाग्नुपर्छ: महासचिव गुरुङ

    980
    Shares
    अब जनताको गणतन्त्र र समाजवादको गणतन्त्र बनाउनुपर्ने दिशमा लाग्नुपर्छ: महासचिव गुरुङ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले अहिलेको गणतन्त्र बुर्जुवा मात्र भएको बताएका छन् ।

    ‘अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्रका रुपमा विकसित छ । अब जनताको गणतन्त्र र समाजवादको गणतन्त्र बनाउनुपर्ने दिशमा उन्मुख हुनुपर्छ,’ पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

    उनले थपे, ‘गणतन्त्रमाथि केही चुनौती छन् । पश्चगामी विचार उचालेर अस्थिरता र अराजकता सिर्जना गरेर मुलुकको अस्मितालाई कमजोर बनाउने खेल पर्दा पछाडिबाट चलिरहेका छन् । त्यसैले सम्पूर्ण दलहरु एक भएर राजनीतिक स्थायित्व, राष्ट्रिय सहमति र सहकार्यको प्रक्रियाबाट अघि बढ्नु आवश्यक छ ।’

    दलहरुबीच एक अर्कालाई निषेध र विस्थापित गर्ने खेलले राष्ट्रिय अर्थतन्त्र निर्माणमा अवरोध पैदा हुने उनको तर्क छ ।

    गुरुङले थपे, ‘आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणको कार्यभार पूरा गर्न बाँकी छ । त्यसका लागि राष्ट्रिय औद्योगिक पुँजी विकास गरेर आर्थिक उत्पादन वृद्धि, रोजगारी विस्तारमा केन्द्रित हुने बेला आएको छ ।’

    पश्चगामी विचार बोक्ने एकथरी मानिस व्यवस्थालाई कमजोर बनाउने खेलमा लागिरहेको आरोप पनि गुरुङले लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend