logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • रेशम चौधरीलाई सरकारले रिहाई गरेकोमा असन्तुष्टि जनाउँदै महामन्त्री गगन थापाकाे टिप्पणी

    ‘यो राजाको शासन होइन, गणतन्त्रमा कानूनी शासन चल्छ, अदालतलाई हेप्न पाइँदैन’

    ‘यो राजाको शासन होइन, गणतन्त्रमा कानूनी शासन चल्छ, अदालतलाई हेप्न पाइँदैन’

    1.1K
    Shares
    ‘यो राजाको शासन होइन, गणतन्त्रमा कानूनी शासन चल्छ, अदालतलाई हेप्न पाइँदैन’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले रिहाई गरेको विषयमा असन्तुष्टि जनाउँदै अदालतको अपहेलना गर्न नहुने बताएका छन् ।

    कांग्रेस ललितपुर–२ क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै आफूलाई अफ्ठ्यारो पर्यो भन्दैमा अदालतलाई हेप्न नपाइने बताए।

    महामन्त्री थापाले भने, ‘यो राजाको शासन होइन। यहाँ हुकुम चल्दैन यो गणतन्त्र हो। गणतन्त्रमा केबल कानुन मात्रै चल्छ। कानुनको शासन मात्रै चल्छ। हामीलाई सरकार चलाउन गाह्रो भयो भनेर कानुनलाई मिचेर थिचेर बलमिच्याइ गरेर हामी कुनै निर्णय गछौं। अदालतको पूर्णपाठ भएको छैन। हतार हतार निर्णय गछौं। हामीले अदालतलाई हेप्यौं। हामीले जे गरेपनि हुन्छ भन्यौं। हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुराहरु चल्छ।’

    नेपालको कानुनले अदालतको निर्णय गरेपछि अन्तिम फैसला सन्दर्भमा सजाय मिनाह हुन्छ कि हुँदैन भनेर व्यवस्था गरेको उनको भनाइ छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend