logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित

    महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित

    1.5K
    Shares
    महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित

    काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

    मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो । नेपाली महिला टोलीले मलेसियासँग पहिलो पटक हार व्यहोरेको हो ।

    यसअघि मलेसियासँग भएका तीन टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अपराजित रहेको थियो । यस जितसँगै अन्तर्राष्ट्रिय सिरिजमा नेपालविरुद्ध पहिलो जित हात पारेको मलेसियाले १–० को अग्रता बनाएको छ ।

    आजको खेलमा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य मलेसियाले १३ दशमलव २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रनको योगदान दिइन भने हमिजाहले अविजित १२ रन बनाइन् । त्यसैगरी इना नजवा ८ रनमा अविजित रहिन् । नेपाली टोलीकी कप्तान रुविना क्षेत्री र सीता रानामगरले समान २र२ विकेट झारे भने कविता कुँवरले १ विकेट लिइन् ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलव ५ ओभरमा ५० रनमा समेटियो । नेपालको लागि सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् भने ज्योति पाण्डेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ मलेसियाका लागि नीरनुर अतिलाले ३ विकेट लिए भने ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २/२ विकेट लिइन् । उक्त सिरिजअन्तर्गत मलेसिया र नेपालबीचको दोस्रो खेल भोलि हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend