पौष २१ काठमाडौं प्रदेश नं. ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ ।
थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने बिदा दिने निर्णय गरेको हो ।
माघीका अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले माघी उत्सवको समेत योजना गर्ने भएका छन् । गएको वर्षसमेत उत्सव आयोजना गर्दै सरकारले दुई दिने बिदा दिएको थियो ।