logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • लेखा समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति गठन

    लेखा समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति गठन

    910
    Shares
    लेखा समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति गठन

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति बनाएको छ ।

    बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले नेपाली काँग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो ।

    समिति बैठकपछि समिति सचिव एकराम गिरीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन सांसद राजन केसीको संयोजकत्वमा सांसदहरु ऋषीकेश पोखरेल, अमरेशकुमार सिंह, हरि ढकाल र रामकृष्ण यादव सदस्यगरी पाँच जनाको उप–समिति बनाएको बताए । उनले उप–समितिलाई समितिको आगामी बैठकमा समितिको आन्तरिक कार्यविधि तयार गरी पेस गर्ने कार्यदेश समितिले दिएको बताए ।

    उनले भने, ‘माननिय सदस्य राजेन्द्र केसी संयोजक रहने गरी समिति सदस्यमा ऋषिकेस पोखरेल,रामकृष्ण यादव,अमरेशकुमार सिंह र हरि ढकाल पाँच सदस्य उप–समिति गठन भएको छ । समितिको आन्तरिक कार्यविधि मस्यौदा बनाउने उप–समिति गठन गरेको छ । उक्त उपसमितिलाई समितिको आगामी बैठकमा समितिको आन्तरिक कार्यविधि तयार गरी पेस गर्ने कार्यदेश समितिले दिएको छ ।’

    बैठकमा बोल्दै नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले सार्वजनिक लेखा समितिले सरकारले गर्ने आर्थिक क्रियाकलापलाई नजिकबाट हेर्ने भएकाले समितिप्रति जनताको भरोसा रहेको बताए । उनले अहिले मुलुकमा अख्तियारजन्य र भ्रष्टाचारका प्रश्नहरु उठिरहेको भन्दै लेखा समिति सक्रिय हुनुपर्ने बताए ।

    उनले सार्वजनिक लेखा समिति मन्त्री र सांसदलाई आतंकित गर्ने थलो नभई सहजीकरण गर्ने थलो रहेको बताए । उनले समितिले कसैलाई आतंकित पार्नु नहुने भन्दै ठीक बेठीक हेरेर तथ्यका आधारमा निस्कर्ष निकाल्नु पर्ने बताए । उनले समितिले सत्तापक्ष, को प्रतिपक्ष सबैलाई एकरुपमा हेर्नुपर्ने बताए ।

    त्यस्तै, समिति बैठककमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले सबै सरकारी निकायहरुप्रति जनताको विश्वास गुमेको अवस्था रहेको बताए । उनले लेखा समितिले जनतामा गुम्न लागेको विश्वास दिलाउने काम गर्न आवश्यक रहेको बताए । उनले समितिले सबैले थाहा पाउने गरी बेरुजु लगायतका विषयमा कारबाही गर्नुपर्ने बताए ।

    उनले पछिल्लो समय सिञ्चारमाध्यममा धेरै झुटो समाचार आउने गरेको भन्दै कुन समाचार सत्य र कुन असत्य हो भन्ने छुट्याउन समस्या रहेको बताए । उनले समितिमा पर्ने उजुरीहरु पनि कुन सत्य हो कुन असत्य हो छुट्याउन नसकिने बताए । उनले फेक न्युजले आतंक मच्चाए जस्तै बेरुजुले पनि आतंक मच्चाएको उल्लेख गरे ।

    त्यस्तै, अर्का सांसद गोकुलप्रसाद बाँस्कोटाले समितिको बैठक कुनैपनि विषय वस्तु बिना बस्नु ठिक नभएको बताए । उनले समितिमा हुने छलफलका विषयमा सांसदहरुलाई अगाडि नै जानकारी दिएर मात्रै बैठक बस्नुपर्ने बताए ।

    उनले संसद नभएको समयमा सांसदहरु निर्वाचन क्षेत्र तथा पार्टीको काममा उपत्यका भन्दा बाहिर जानसक्ने विषयमा पनि ख्याल गर्न आवश्यक रहेको बताए ।

    सांसद सापकोटाले समिति बैठकमा पार्टीको हुइप भन्दा पनि सत्यतथ्य कुरा निर्धक्क भएर राख्न सक्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend