logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • मलेसियालाई जितका लागि नेपालले दियो १११ रनको लक्ष्य

    मलेसियालाई जितका लागि नेपालले दियो १११ रनको लक्ष्य

    1.1K
    Shares
    मलेसियालाई जितका लागि नेपालले दियो १११ रनको लक्ष्य

    काठमाडौं । महिला टी–२० शृखंलाअन्तर्गत मलेसियाविरुद्धको तेस्रो खेलमा नेपालले मलेसियासामू १११ रनको जितको लक्ष्य पस्केको छ ।

    मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन जोडेको हो ।

    नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् ।

    यस्तै, ज्योती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर २ रनमा आउट भइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend