logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काँग्रेस सभपति देउवाद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

    काँग्रेस सभपति देउवाद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

    700
    Shares
    काँग्रेस सभपति देउवाद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका (घुँडा भन्दा तल) हरि बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताएका छन् ।

    बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले दुवै खुट्टा गुमाएर पनि हरेस नखाइकन सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा रहेको बताए । उनले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको सफल अरोहण गर्नु कुनै पार्टीको मात्रै नभइ देशर्क लागि गर्वको कुरा भएको बताए ।

    उनले भने, ‘दुवै खुट्टा गुमाएर पनि उहाँले हरेस नखाइकन हिमाल चढेर, सगरमाथाको टुप्पोमा पुगेर आउनुभयो । उहाँलाई धेरैलाई यस बखत सहयोग गर्नुभयो । सम्पूर्ण नेपाली जनता र हाम्रो पार्टीको तर्फबाट शुभकामना । उहाँको थप जीवन उन्नति होस् । यो अत्यन्त महत्वपूर्ण सफलता हो । यो हाम्रो पार्टी र देशका लागि गर्वको कुरा हो ।’

    सम्मानग्रहणपछि बोल्दै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाहरुका लागि बाधा पर्ने कानूनहरुको अड्चन फुकाउनु रहेको बताए ।

    उनले सरकारले शारीरिक अशक्त भएकाहरुलाई सरकारले कानूनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहेको प्रतिवद्धता जनाए ।

    उनले भने, ‘यही सरकार थियो, मलाई दुवै हात, खुट्टा, आँखा नहुनेलाई कानून ल्याइएको थियो । त्यहाँ ६ हजारमाथि माथिका हिमाल चढ्न नमिल्ने कानून थियो । हामलिे सबै मिलेर मुद्दा लड्यौँ । हामीले जित्यौँ । कानून मिलेपछि चढ्न ६ वर्ष लाग्यो । अब अरुलाई अवसर दिनुपर्छ । हामीले कसरी सशक्त रुपमा अघि बढ्नुपर्छ । सरकारलाई पनि सुसुचित बनाउनुपर्छ । त्यस्ता कानून अब ल्याउनु भएन ।’

    पूर्वप्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुमा धेरै असर पुगेको भन्दै बचाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend