logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिनु पर्दैन : मन्त्री भुसाल

    राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिनु पर्दैन : मन्त्री भुसाल

    1.2K
    Shares
    राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिनु पर्दैन : मन्त्री भुसाल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

    बिहीवार राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दुध दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् ।

    उनले दुग्ध विकास बोर्ड खारेज गर्ने सरकारको तयारी भएपनि बोर्डलाई पुनःसंरचना गर्ने वा बोर्ड नै कायम राखेर मन्त्रालयले काम गर्ने विषयमा छलफल गरेर टुंग्याउने बताए । उनले बोर्ड खारेजको विषयमा सरोकारवाला निकायहरुबीच छलफल र सहकार्यमार्फत नै प्रक्रिया अगाडि बढाउने बताए ।

    उनले सार्वजनिक संस्थानहरुले संस्था व्यवस्थापन खर्चका लागि आफ्नै स्रोत बनाउनुपर्ने आवश्यकता भएपनि त्यस्तो नभएको कारण खारेज गर्नुपर्ने अवस्था आएको बताए । उनले संस्थान भएको औचित्य पुष्टि गर्न नसक्दा निर्णय गर्ने निकाय र सिफारिस गर्नेहरुले खारेज गर्न लागेको बताए ।

    उनले अहिलेको आवश्यकता बोर्ड खारेजी नै हो वा पुनःसंरचनामा जाने तथा अन्य उपाय खोज्ने विषयमा छलफल गर्न सकिने भन्दै खारेज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नभएको स्पष्ट पारे । उनले बोर्ड खारेज भएपनि कर्मचारी व्यवस्थापन गर्ने सरकारको दायित्व भएको बताए । उनले सरकारको कर्मचारी व्यवस्थापन गर्ने दायित्वबाट पन्छिन नपाउने बताए ।

    उनले भने, ‘सार्वजनिक संस्थानहरुले आफूलाई चाहिने खर्च व्यवस्थापनको लागि आफैँले काम गर्नुपर्छ । त्यस्तो गर्न नसके औचित्य पुष्टि हुँदैन । संस्थानको औचित्य पुष्टि गर्नेगरी नै काम अगाडि बढायौं भने हामीले संस्था बाँची रहन्छ । त्यस्तो गर्न सकिएन भने त्यसमा प्रश्न उठ्छ । निर्णय गर्ने संयन्त्रले निर्णय गर्छ त्यसमा केही गर्न सक्दैन । दुध विकास बोर्ड खारेजको विषयमा यी सबै विषयलाई बुझ्न जरुरी छ । किन आयोगले खारेजको सिफारिस ग¥यो । खारेज गर्ने कमिटिले पनि खारेजको सिफारिस ग¥यो । अहिले आवश्यकता खारेजी नै हो वा अन्य उपाय हो अथवा पुनःसंरचनामा जाने हो । यो विषयमा छलफल गर्न सकिन्छ । खारेज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था छैन । कर्मचारी व्यवस्थापन गर्ने सरकारको दायित्व भएकाले त्यो सरकार दायित्वबाट पन्छिन पाउँदैन र हुँदैन । स्वभाविक रुपमा यो दायित्व सरकारले गर्नुपर्छ । यो समस्याको समाधान गर्ने उपाय खोजौला । हामीले समस्या सिर्जना नभएर समाधान गर्ने बाटोमा जाने हो । समस्या समाधानको विषयमा सरकार सकारात्मक नै हुन्छ । दुध मानिसहरुको खाद्य र जीवनको आधार हो ।’

    उनले कर्मचारी व्यवस्थापन गर्ने स्वभाविक रुपमा सरकारको दायित्व भएपनि यो समस्याको समाधान गर्ने उपाय मन्त्रालय खोज्ने बताए । उनले सरकारले समस्या सिर्जना नभएर समाधान गर्ने बाटोमा जानु आवश्यक रहेको बताए ।

    उनले सरकार समस्या समाधानको विषयमा सकारात्मक रहने विश्वास रहेको बताए । उनले दुध मानिसहरुको खाद्य र जीवनको आधार भएको भन्दै उत्पादन बढाउन आवश्यक रहेको बताए ।

    उनले दुग्धजन्य उत्पादनको क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले दुग्ध उत्पादनको क्षेत्रलाई जनताको जीवनसँग गाँस्न सक्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend