logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

    म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

    735
    Shares
    म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

    एजेन्सी । म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ ।

    मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

    म्यान्मा सरकारले चक्रवात मोचाबाट प्रभाावित भएकाहरूका निम्ति जारी राखेको सहायता कार्यक्रममा थप सहयोग गर्न मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गरिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    चक्रवात मोचाबाट म्यान्माको रखाइन राज्यमा सयौँले ज्यान गुमाएका छन्भने भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ ।

    सहायता रकम कम्बोडियाका लागि म्यान्माका राजदूतलाई विदेश मन्त्रालयमा हन्तान्तरण गरिएको हो ।

    चक्रवाताका काण म्यान्मामा भएको जनधनको क्षतिप्रति कम्बोडियाले गहिरो दुःख व्यक्त गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend