logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्ड, इन्दौर हुँदै उज्जैनतिर प्रस्थान

    भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्ड, इन्दौर हुँदै उज्जैनतिर प्रस्थान

    910
    Shares
    भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्ड, इन्दौर हुँदै उज्जैनतिर प्रस्थान

    दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिन राजधानी नयाँ दिल्लीमा राजनीतिक भेटघाटपछि राज्यहरुको भ्रमणमा लागि प्रस्थान गरेका छन् ।

    प्रचण्ड भ्रमण टोलीका अन्य सदस्यसहित शुक्रबार दिउँसो दिल्लीबाट मध्य प्रदेश राज्यको उज्जैनतिर लागेका हुन् र

    प्रचण्ड आज बिहान मध्य प्रदेशको इन्दौर पुगेका थिए। हवाईमार्गबाट शुक्रबार बिहान इन्दौरको देवी अहिल्याबाई होल्कर विमानस्थल पुगेका प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए ।

    विमानस्थल बाहिर प्रधानमन्त्री प्रचण्डलाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो।

    सडकमा उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान व्यक्त गरेका थिए । विमानस्थलबाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए।

    दिल्लीबाट इन्दौर हुँदै उज्जैनको यात्रामा प्रस्थान गरेका प्रचण्डको स्वागतमा भारतीय नागरिकलाई सडकमा आएका थिए ।

    उनीहरुलाई नेपाल र भारतमा झन्डासहित सडकको छेउ छेउमा राखिएको छ।

    इन्दोरबाट सडक यात्रा हुँदै उज्जैन हिँडेका प्रचण्डको स्वागतमा बिजुलीका पोलहरुमा बोर्ड राखिएका छन्।

    केही स्थानमा भारतीय समकक्षी नरेन्द्र मोदीसहितका तस्बिर पनि राखिएका छन्।

    चार दिने भारतको औपचारिक भ्रमणपछि शनिबार प्रधानमन्त्री नेतृत्वको नेपाली टोली स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री प्रचण्ड दिल्लीबाट इन्दौर हुँदै उज्जैनतिर, ठाउँ ठाउँमा स्वागत


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend