logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारीको शव भेटिएन, बिहानैदेखि खोजी जारी

    सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारीको शव भेटिएन, बिहानैदेखि खोजी जारी

    1.5K
    Shares
    सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारीको शव भेटिएन, बिहानैदेखि खोजी जारी

    काठमाडौं । सुनकोशीमा बेपत्ताको शव अहिलेसम्म भेटिएका छैनन् ।

    शुक्रबार सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए।

    अबेरसम्म नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए ।

    अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहित ‍२४ जनाको टोली परिचालन गरिएको उनले जानकारी दिए ।

    बिहान शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका- ७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

    गाडीमा सवार चार जनामध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी पौडी घाइते छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend