logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतमा टेकनाथ रिजालको बयान

    ‘भुटानीसँग पैसा लिन मिल्दैन,सरकारले नै पठाउने भए ठीकै छ भनेको थिएँ’

    ‘भुटानीसँग पैसा लिन मिल्दैन,सरकारले नै पठाउने भए ठीकै छ भनेको थिएँ’

    2.2K
    Shares
    ‘भुटानीसँग पैसा लिन मिल्दैन,सरकारले नै पठाउने भए ठीकै छ भनेको थिएँ’

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणका अभियुक्त सानु भण्डारी र केशव दुलालले भुटानीसँगै नेपाली नागरिकलाई पनि अमेरिका पठाउने सम्बन्धमा आफूलाई जानकारी गराएको भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा बयान दिएका छन् ।

    सरकारले नीति र कानुन नै बनाएर लाने काम गर्छ भने आफूलाई केही भन्नु छैन भन्दै त्यसबेला आफूले दुःख पाएर लामो समयदेखि बसेका शरणार्थीसँग कुनै पनि रकम लिन मिल्दैन भनेको बयान दिएका हुन् ।

    ‘निजहरुलाई सहज र सरल रुपमा अमेरिका वा अन्य देश उनीहरुको रोजाइमा जाने व्यवस्था मिलाउनु हुन्छ भने मेरो समर्थन रहेको छ, यसका लागि मलाई कुनै रकम पनि चाहिँदैन र त्यस्तो कुरा मलाई नभन्नु होला भनेको थिएँ ।’जिल्ला अदालत, काठमाडौंमा बयान दिने क्रममा रिजालले भने ।

    तर, त्यसको सुनिश्चितताका लागि एकपटक एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गराइदिन भनेको उनले बताएका छन् । ‘ओली र प्रचण्डसँग भेट भएपछि मात्र म ढुक्क हुन्छु, नत्र मलाई यो सरकारी कानुनबारे सबै ज्ञान हुँदैन भनेको थिएँ’, ‘तर निजहरुले मलाई केपी ओलीसँग भेट गराउन सकेनन् ।’

    पछि झापाबाट बोलाएर एयरपोर्टमा गोविन्दकुमार चौधरी लिन गएका रिजालले बताएका छन् । ‘निजले टोपबहादुर रायमाझीको घरमा लगी शरणार्थीको विषयमा कुराकानी हुँदा क्लियर नभएपछि प्रचण्डसँग भेट गराइदिने भनेर प्रचण्ड निवासमा पुर्‍याएका थिए’, उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल गएका थियौं ।’

    यद्यपि, भण्डारीबाट रकम लिएको भन्ने आरोप चाहिँ रिजालले स्वीकार गरेनन्। ‘छुट भएको भुटानीहरुको अभिलेख भएको कार्ड भनी निजहरुले भनेको हुँदा सही गरेको हुँ’, रिजालले भनेका छन्, ‘भण्डारी र दुलालले कार्डहरु मन्त्रालयबाट ल्याएको भनेका थिए ।’

    भुटान मानवअधिकार संगठनको सदस्यता कार्डमा सही छाप गर्न सानु भण्डारी र दुलालले भनेको उनले बयान दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend