काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज चार खेल हुँदैछ ।
२४औं चरण अन्तर्गत दिउँसो तीन बजे तीन फरक मैदानमा एकैपटक खेल हुनेछ भने साँझ ६ बजे अर्को खेल हुनेछ ।
आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालमा एक/एक खेल हुनेछ ।
उपाधि होडमा रहेको दोस्रो स्थानको मछिन्द्रले च्यासल मैदानमा नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
शीर्ष स्थानको चर्च ब्वाइजसँग पाँच अंकले पछि रहेको मछिन्द्रका लागि उपाधि होडमा रहन पुलिसविरुद्ध जित्नैपर्ने अवस्था छ ।
यदि मछिन्द्रले बराबरी खेले चर्च ब्वाइजलाई उपाधि जित्न अझ सहज अवस्था बन्नेछ । मछिन्द्र पराजित भएमा भने उपाधि रक्षा अभियान कठिन बन्नेछ ।