logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणिकरण प्रक्रियामा त्रुटी भएको छ: प्रदीप पौडेल

    राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणिकरण प्रक्रियामा त्रुटी भएको छ: प्रदीप पौडेल

    1.1K
    Shares
    राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणिकरण प्रक्रियामा त्रुटी भएको छ: प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएको बताएका छन् ।

    उनले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने बताए । उनले नागरिकता विधेयक प्रमाणिकरणको समय पनि नमिलेको टिप्पणी गरे ।

    उनले भने, ‘त्यो विधेयक पछिल्लो चरणमा संसदमा दर्ता गरिनुपथ्र्यो । संसदमा दर्ता गरेर, सांसदका बीचमा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपतिकहाँ प्रमाणित गर्नका लागि पठाउनुपथ्र्यो । संसदबाट क्याबिनेटमा जाने, क्याबिनेटले राष्ट्रपतिकहाँ लगिसकेपछि बल्ल त्यसलाई प्रमाणिकरण गर्ने अवस्था हुनुपथ्र्यो । त्यसैले कन्टेन्टको बारेमा सहमति, विमती के छ त्यो भन्दापनि प्रोशेसका बारेमा त्रुटी देखियो । प्रक्रिया र समय उपयुक्त भएन । सांसदहरुले छलफल गरेर टुंग्याउनुपथ्र्यो । कन्टेन्टको बारेमा कसैको बिरोध थिएन । कन्टेन्टमा आम रुपमा धेरै विवाद नहुँदा नहुँदै पनि प्रोसेसको बारेमा जुन त्रुटी गरियो त्यो स्वभाविक भएन । नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend