काठमाडौँ । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको सट्टा बंगलादेश पुग्ने बाटोसँग साट्नुपर्ने भनेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आलोचना गरेका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको प्रमुख प्रतिपक्षी दलका नेता ओलीले टिप्पणी गरे ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा समय माग गरेर बोलेका ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको बताए ।
‘प्रधानमन्त्रीको भारत भ्रमण फितलो रह्यो,’ ओलीले भने । प्रधानमन्त्री दाहालको भ्रमणमा प्रोटोकल पनि नमिलेको भन्दै ओलीले आलोचना गरे ।
प्रधानमन्त्री दाहालले भारतीय अधिकारीहरूसँगको भेटका क्रममा परराष्ट्रमन्त्रीलगायतका मन्त्रीहरूलाई सँगै नराखी प्रमुख स्वकीय सचिव छोरीलाई राखेको भन्दै ओलीले आलोचना गरेका हुन् ।