काठमाडौं। काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको आकाशमै ढोका खुलेको छ।
आज बिहान काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाईन्सको विमानको आकाशमै एक्कासी ढोका खुलेको हो।
ढाका खुल्दा ३० मिनेट आकाशमा उडाएर विमान पुनः काठमाडौं फर्काएर अवतरण गरिएको छ। जहाजमा रहेका यात्रु सकुसल रहेको जनाइएको छ।
विमानको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको बताइएको छ। यात्रुलाई अर्को उडानबाट घनगढी पठाउने तयारी भईरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।