logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नवलपरासीमा धारिलो हतियार प्रहार गरी दम्पत्तिको हत्या

    नवलपरासीमा धारिलो हतियार प्रहार गरी दम्पत्तिको हत्या

    1.1K
    Shares
    नवलपरासीमा धारिलो हतियार प्रहार गरी दम्पत्तिको हत्या

    नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको विभत्स हत्या गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालका अनुसार गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या गरिएको हो ।

    उनीहरुको सोमबार राति हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालल बताए ।

    उनीहरुको घर गाउँकै बैरिहवामा छ। घरमा छोरीछोरीहरु बस्दै आएका थिए । उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका उनीहरुको हत्या भएको हो ।

    हत्या भएपछि उनीहरुको शव आँगनमा फालिएको थियो । खेतिपाती गर्दै आएका दम्पत्तिको कस्ले हत्या गर्‍यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend