logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रतिनिधिसभाको बैठक साढे १ बजेसम्मलाई सर्‍यो

    प्रतिनिधिसभाको बैठक साढे १ बजेसम्मलाई सर्‍यो

    1.2K
    Shares
    प्रतिनिधिसभाको बैठक साढे १ बजेसम्मलाई सर्‍यो

    काठमाडौं । आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी गरी अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको छ । बैठक साढे दुई घन्टापछि बस्ने गरी सूचना जारी गरिएको हो ।

    सङ्घीय संसद्का महासचिवद्वारा जारी सूचनामा ११ बजे बोलाइएको सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले आजै दिनको १ः३० बजे बैठक बस्ने गरी निर्धारण गरेको जनाइएको छ ।

    आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझ्दारीका कारण सुरु हुन नसकेको हो ।

    आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक भने सूचना टाँसेर स्थगन भइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend