logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नाबालिका दिदीबहिनीमाथि सामूहिक जबरजस्ती करणीको आरोपमा ५ जना पक्राउ

    नाबालिका दिदीबहिनीमाथि सामूहिक जबरजस्ती करणीको आरोपमा ५ जना पक्राउ

    1.1K
    Shares
    नाबालिका दिदीबहिनीमाथि सामूहिक जबरजस्ती करणीको आरोपमा ५ जना पक्राउ

    दाङ । दाङमा दुई नाबालिका दिदीबहिनीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

    राप्ती गाउँपालिका- ३ का १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक जवरजस्तीकरणीको प्रयास गरेको आरोपमा गढवा गाउँपालिका-६ का १६ वर्षीय दुई किशोरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय दिलसान अहमद, गढवा– ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका– ११ मैतहवा घर भएका २० वर्षीय जाबेद भन्ने जाबिद खान रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले दिएको जानकारी अनुसार नाबालिकाहरू गढवा– ६ बुद्धचोकस्थित साथीको घर गएको समयमा पछाडि ती पाँच केटाहरू लागेका थिए।

    त्यही क्रममा राति उनीहरूले दुवै नाबालिकालाई मोटरसाइकलमा राखेर लमही– ५ रातोडाँडास्थित एक नाबालक अभियुक्तको कोठामा ल्याएर करणीको प्रयास गरेका थिए।

    अभियुक्तहरूलाई जिल्ला अदालत दाङबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध करणी उद्योगमा मुद्दा दायर गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend