काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक आज (बुधबार) बिहानदेखि बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण मंगलबारको नियमित बैठक बस्न नभ्याइएपछि बैठक आज बसेको हो ।
प्रधानमन्त्री प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमणबाट फर्किएपछि यो पहिलो पटक बैठक बसेको हो ।