logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिए : सांसदहरु

    राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिए : सांसदहरु

    1.1K
    Shares
    राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिए : सांसदहरु

    काठमाडौं । राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् ।

    राष्ट्रियसभाको आजको बैठकमा सांसद उदयबहादुर बोहोरा बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।

    सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको गरेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताइन् । प्रतिनिधिसभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा उनले आपत्ती प्रकट गरिन् ।

    सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानकर्षण गराइन्। उनले सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा गुनासो गरिन् ।

    सांसद नारायणदत्त मिश्रले कैलालीको एक सडक निर्माणमा संघीय र प्रदेश सरकारले ध्यान नदिएकामा गुनासो गरे। सांसद नारायणप्रसाद दाहालले सदनमा देखिएका अराजकताले जनप्रतिनिधिबारे जनतामा बीचमा नराम्रो सन्देश दिएको बताए ।

    सांसद भुवनबहादुर सुनाले भूमिहन, दलित सुकुम्बासीलाई आगामी आर्थिक बर्षको बजेटले कुनै सम्बोधन गर्न नसको भन्दै सरकारको ध्यानकर्षण गराए ।

    सांसद राजेन्द्रलक्ष्मी गैरले बजारमा खाद्य पदार्थको मूल्य दैनिक जसो वृद्धि हुँदा जनजीवन प्रभावित भएकाले त्यसलाई नियन्त्रण गर्न माग गरिन् ।

    सांसद सुरेशकुमार आले मगरले सामान्य कुरालाई उचालेर सदनको काम कारवाहीलाई प्रभावित बनाउने रोग प्रतिनिधिसभामा देखिएको भन्दै राष्ट्रियसभामा त्यस्तो हुन नहुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend