logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • प्रदेश ३ को राजधानी हेटौडा र नाम बागमती राख्ने नेकपा संसदीय दलको निर्यण

    प्रदेश ३ को राजधानी हेटौडा र नाम बागमती राख्ने नेकपा संसदीय दलको निर्यण

    1.8K
    Shares

    नेकपाको प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बागमती र राजधानी हेटौँडा राख्ने निर्णय गरेको छ।शुक्रबार बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार औपचारिक निर्णय गरेको जानकारी सांसद दीपक निरौलाले दिए।

    प्रदेशसभामा यससम्बन्धी मतदान हुनुभन्दा अघि सांसदहरुलाई यससम्बन्धमा ह्विप जारी गरिने निरौलाले बताए।संसदीय दलको निर्णयअनुसार मतदानमा सहभागी हुने निर्णय गरेको छ,’ उनले भने, ‘यो प्रस्तावको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गर्छ।’असन्तुष्ट सांसदहरुले यस विषयमा नोट अफ डिसेन्ट लेख्ने तर पार्टी निर्णय स्वीकार्ने भएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend