पौष २६ काठमाडौं ओमनका राजा (सुल्तान) काबूस बिन सईदको निधन भएको छ । सुल्तान काबूसको शुक्रबार निधन भएको ओमनका मिडियाहरुले उल्लेख गरेका छन् ।
काबूसको निधनमा शनिबार तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
सुल्तान काबूस ७९ वर्षका थिए । सन् १९७० मा आफ्नै पिताविरुद्ध ‘कू’ गरेर सत्तामा आएदेखि उनी निरन्तर सत्तामा थिए ।
सुल्तानको कार्यालयले लामो विरामीको कारण सुल्तानको मृत्यु भएको भने पनि उनी कुन विरामीले मरेका हुन् भन्ने बारे उल्लेख गरेको छैन ।