logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छः उपमेयर डंगोल

    कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छः उपमेयर डंगोल

    1.3K
    Shares
    कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छः उपमेयर डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाएँबाट एकजुट भइ देश निर्माणका लागि लाग्नुपर्ने बताएकी छिन् ।

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताइन् ।

    उनले कलाकृति, संस्कृति बाँचेमात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गरिन् । उनले पहिचान जीवित बनाउनको लागि सबै पुस्ता मिलेर काम गर्नुपर्ने बताइन् ।

    उनले भनिन्, ‘आज विभिन्न बाजा, आफ्नै आफ्नै विशेषता भएको बाजा जसरी एकैसाथ एकै थलोमुनि बसेर बाजा बजाइरहेका छौँ । यो एकता बाजा बजाउनेमा मात्रै होइन, यो एकता समाजसेवा गर्ने, देश सेवा गर्नेमा सदैव अघि बढ्न सकोस् । सय थरी बाजा एकै ताल भने झैँ हामी सबै आफ्नो ठाएँबाट एकजुट भएर लागौँ । हाम्रो कलाकृति, संस्कृति बाँचेमात्र हाम्रो भाषा, लिपी, हाम्रो बाजागाजा जबसम्म जीवित हुन्छ तबसम्म हाम्रो पहिचान जीवित हुन्छ, पहिचान जीवित बनाउनको लागि सबै पुस्ता लाग्नुपर्छ ।’

    उपमेयर डंगोलले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend