logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अर्थतन्त्रको समस्या बजेटले चिनेनः उपाध्यक्ष पौडेल

    अर्थतन्त्रको समस्या बजेटले चिनेनः उपाध्यक्ष पौडेल

    1.1K
    Shares
    अर्थतन्त्रको समस्या बजेटले चिनेनः उपाध्यक्ष पौडेल

    काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

    सोमवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताएका हुन् ।

    उनले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गरे । त्यस्तै, देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरु पनि बजेटमा नभएको उनको भनाइ छ । उनले बजेट हावादारी भएको बताए ।

    उनले भने, ‘यसले अर्थतन्त्रका समस्या चिनेको पनि छैन । समस्या समाधानका विकल्पहरु, दृष्टिकोणहरु दिन सकेको पनि छैन । स्रोतको प्रश्ताव, अनुमान र खर्चको अनुमान यथार्थपरक पनि छैन । त्यसकारणले यो बजेट कार्यान्वयन हुन्छ कि हुन्न भन्नेकुरामा स्वयं अर्थमन्त्रीजीलाई चिन्ता छैन । सरकारलाई चिन्ता छैन । हामी सबै स्पष्ट छौँ । यो कार्यान्वयन हुने बजेट होइन । चुनौतिको प्रश्न नै भएन नि जुन बजेट कार्यान्वयन हुँदैन यो त स्वयं नै हावादारी बजेट छ ।’

    उनले बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सरकारलाई समेत चिन्ता नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend