logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले सांसदका सकारात्मक सुझावहरुलाई बजेटमा समावेश गर्नुपर्छ: प्रेम सुवाल

    सरकारले सांसदका सकारात्मक सुझावहरुलाई बजेटमा समावेश गर्नुपर्छ: प्रेम सुवाल

    840
    Shares
    सरकारले सांसदका सकारात्मक सुझावहरुलाई बजेटमा समावेश गर्नुपर्छ: प्रेम सुवाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।

    देश र जनताको हितका लागि सांसदहरुले सुझाव दिने भएकाले सोही अनुसार बजेट परिमार्जन गर्न सरकार र सत्तारुढ दलहरु तयार हुनुपर्ने उनको तर्क थियो ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले संसदमा बजेटबारे हुने छलफलको औचित्य पुष्टि गर्न पनि त्यहाँ सांसदहरुले दिएको सुझाव अनुसार बजेट परिमार्जन गर्नुपर्ने बताए ।

    उनले भने, ‘आजको कान्तिपुर दैनिकमा मुख्य समाचार शिर्षकमा समाचार प्रकाशित भयो–बजेटमा कमा र फुलिष्टप पनि संशोधन हुँदैन । फगत कर्मकाण्ड पूरा गर्न महिनाभर चल्छ संसद भित्र बहस । यस्तो संसदलाई चारैतिरबाट आलोचना भईरहेको छ । हामी सचेत हुन जरुरी छ । देश र जनताको हितका लागि सांसदहरुले छलफलमा राख्नु भएको सुझाव अनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनुपर्छ । प्रधानमन्त्री तयार हुनुपर्छ । अर्थमन्त्री तयार हुनुपर्छ । र, सम्बन्धित मन्त्रालयका मन्त्रीहरु तयार हुन जरुरी छ । बहसको औचित्य पुष्टि गर्न तयार हुन जरुरी छ । ’

    सांसद सुवालले बजेटमा कमा र फुलिष्टव पनि परिवर्तन हुन्न भन्ने मान्यतालाई गलत सावित गर्न पनि सरकारले त्यसलाई परिमार्जन गरेर अघि बढाउनु पर्ने आवश्यक्ता औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend