logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • पार्टीको समर्थन पाएपछि टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई काँग्रेस सांसदको चेतावनी

    पार्टीको समर्थन पाएपछि टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई काँग्रेस सांसदको चेतावनी

    1.6K
    Shares
    पार्टीको समर्थन पाएपछि टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई काँग्रेस सांसदको चेतावनी

    काठमाडौं । नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै सो भुमिकाको अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।

    शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले प्रधानमनत्री दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न आग्रह गरेका हुन् ।

    उनले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिएपनि हात लागि शुन्य भएको बताए । उनले पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिए । उनले मुलुकको बजेटमा सांसदहरुको पनि अधिकार रहेको बताए ।

    उनले भने, ‘तपाईहरु पनि हामीजस्ता मान्छेहरु चुनाव जितेर आएको हुनाले मन्त्री हुनुभएको हो । प्रधानन्त्री पनि हुनुभएको होला । तपाईहरु एक्लै जितेको हुनाले आज यो स्थानमा पक्की पनि पुग्नुभएको होइन । त्यसैले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जितेर आउने सोच पनि त्याग्न म अनुरोध गर्छु । एउटा सांसदको चारवटा दायित्व हुन्छन् भन्ने मैले बुझेको छु । सरकार बनाउने, निति, निर्माण र कानून बनाउने, बजेट निर्माण गर्ने र आफ्नो निर्वाचन क्षेत्र र मतदाताप्रतिको कर्तव्य र दायित्व हुन्छ । चारै विषयमा हाम्रो भुमिका कहाँ छ ? नेताले गरेको गठबन्धनलाई भोट हाल्ने, सरकारले ल्याएको कानून र बजेट टेबुल ठोकेर पास गर्ने, सरकारलाई समर्थन दिने । पचास घण्टा भाषण सुन्ने र पाँच मिनेट भाषण गर्ने । यत्ति हो हाम्रो काम । हामी यसैका लागि सांसद भएका रहेछौँ ? जनताको अपेक्षा के हामीसँग यतिमात्रै हो ? बजेट विनियोजन गर्ने समयमा संघ र प्रदेशका मन्त्रालय कुद्दा कुद्दा जुत्ताका तलुवा खिए । हात लाग्यो शुन्य । प्रधानमन्त्रीज्यु तपाईलाई प्रधानमन्त्री बनाउन हाम्रा पनि मत जायर भएका छन् । तपाईको सरकारबाट यस्तो अपेक्षा गरिएको थिएन । तपाईलाई लागेको होला पार्टीको समर्थन पाएपछि पुग्छ । तर विगतको इतिहास हेर्नुभएकै छ । आफ्नै बहुमत सरकार असफल बनाइदिएको । पार्टी फुटेको । पार्टी भित्रै पनि चरम गुटबन्दी मौलाएको । हेक्का रहोस् यो त गठबन्धको सरकार हो । स्मरण रहोस् जनप्रतिनिधिको हैसियतले यो मुलुकको बजेट माथि हाम्रो पनि अधिकार छ ।’
    उनले आफ्नै पार्टीका नेताहरुमाथि पनि विभिन्न प्रश्नहरु तेस्र्याए । उनले यसैको लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनमा छिरेको हो भनि प्रश्न गरे । उनले काँग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदहरुको पनि भुमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने बताए ।

    उनले भने, ‘मेरो मेरा नेताहरुलाई भन्न चाहान्छु के यसैका लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनभित्र हामी छिरेका थियौँ ? यसमा तपाईहरुको भुमिका हुनुपर्दैन ? काँग्रेस सबैभन्दा ठूलो पार्टी हुनुमा हाम्रो पनि त भुमिका होला नि । तर पार्टी पनि जोगाउने हो भने अब यसरी काम चल्दैन । एउटा सानो कुराका लागि मन्त्रालयमा मन्त्री, सचिव, सह–सचिव, अधिकृतका पछाडी कुद्दा कुद्दा सांसदको जुत्ताको तलुवा खिइन्छ । स्वाभिमान भन्ने कतै रहँदैन । तर हातलागि सुन्ना । अब अति भयो मेरा पार्टीका नेताहरु पनि बोल्ने कि नबोल्ने ?’

    उनले बजेट विनियोजनमा असमानता भएको भन्दै यस विषयमा पार्टीका नेताहरु बोल्ने कि नबोल्ने भन्ने प्रश्न गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend