logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव छैनः गृहमन्त्री श्रेष्ठ

    पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव छैनः गृहमन्त्री श्रेष्ठ

    1.3K
    Shares
    पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव छैनः गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए । उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरुले आफ्नो कार्यभार निभाउनुपर्ने बताए ।

    गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउन जरुरी रहेको बताए । राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नु आवश्यक रहेको बताए ।

    उनले भने, ‘हामीले अपेक्षा गरेअनुसार समृद्धि आएको छैन । जनतामा सन्तुष्टि देखिएको छैन, अहिलेको हाम्रो मुख्य कार्यभार देशको विकास गर्नु हो । तर हामीले भनेजस्तो रुपमा कार्यभार निभाउन सकेका छैनौँ । त्यो कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताकासाथ लिएर हामी अघि बढ्नुपर्छ । त्यसैले सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउनु पर्छ । जनताले के भनेका छन् भने यो देश बदल्न सबैभन्दा पहिलो पार्टीहरु र नेताहरु बदलिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ । देश बदल्ने कुरा पार्टी र नेताहरु नबदलीकन हुँदैन भन्ने जनताको चाहना छ । त्यसकारण अहिले राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नु आवश्यक छ ।’

    गृहमन्त्री श्रेष्ठले देशको विकासलाई फड्कोमा पुर्‍याउने सरकारले लक्ष्य रहेको उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend