logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु

    पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु

    1.9K
    Shares
    पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु

    गण्डकी । पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता आजदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले शुभारम्भ गरिन् ।

    सो अवसरमा उनले व्यायाम र मनोरञ्जनमात्र नभई खेलकुदले देशको प्रतिष्ठा बढाउने र खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो लगानी गर्ने उल्लेख गरिन् ।

    प्रदेश खेलकुद परिषद्को आयोजना र कास्कीस्थित जिल्ला भारत्तोलन सङ्घको व्यवस्थापनमा आयोजित प्रतियोगितामा कर्णालीबाहेक छ प्रदेशका ५७ खेलाडी सहभागी छन् । ‘स्थानीयस्तरमा रहेका खेलाडीको प्रोत्साहनका लागि यो प्रतियोगिता राखिएको हो, यसमा विभागीय टिमका खेलाडी सहभागी छैनन्’, सङ्घका अध्यक्ष राजन बडगामीले भने ।

    प्रतियोगितामा महिलातर्फ ४९, ५९, ७१, ८१ किलो तौल समूह तथा पुरुषतर्फ ६१, ७३, ८९ र एक सय दुई किलो तौल समूहका खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा विजेता खेलाडीलाई पदक र प्रमाणपत्रले सम्मान गरिने परिषद्का सूचना अधिकारी तोपलाल भुसालले जानकारी दिए। प्रतियोगिता शनिबारसम्म चल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend