logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • जिम्बाव्वेविरुद्धको खेलमा नेपालले गुमायो दुई विकेट, आशिफ शेख पनि आउट

    जिम्बाव्वेविरुद्धको खेलमा नेपालले गुमायो दुई विकेट, आशिफ शेख पनि आउट

    2.2K
    Shares
    जिम्बाव्वेविरुद्धको खेलमा नेपालले गुमायो दुई विकेट, आशिफ शेख पनि आउट

    काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको नेपालले लगातार दुई विकेट गुमाएको छ ।

    यो सँगै टस हारेर पहिले व्याटिङ गर्न पुगेको नेपालले ३४ ओभरको समाप्तीमा दुई विकेटको क्षति हुँदा १ सय ७४ रन बनाएको छ ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले ९९ रनको योगदान गरे भने आशिफ शेखले ६६ रन जोडेर क्रिजबाट बाहिरिएका छन् ।

    पाँच वर्षपछि नेपालले जिम्बाब्बेसँग ५० ओभरको पहिलो खेलमा प्रतिस्पर्धा गरेको हो। टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत भएकाले नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend