logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • विश्वकप छनोट यात्रामा नेपाल

    जिम्बाब्वेविरुद्धकाे खेलमा ओपनर कुशल र आशिफ आउट, ४० ओभरमा नेपालले जोड्यो २ सय १३ रन

    जिम्बाब्वेविरुद्धकाे खेलमा ओपनर कुशल र आशिफ आउट, ४० ओभरमा नेपालले जोड्यो २ सय १३ रन

    2.4K
    Shares
    जिम्बाब्वेविरुद्धकाे खेलमा ओपनर कुशल र आशिफ आउट, ४० ओभरमा नेपालले जोड्यो २ सय १३ रन

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङमा उत्रिएको नेपालले दुवै ओपनर गुमाएको छ।

    जिम्बाब्वेविरुद्ध विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल ९९ रन बनाएर आउट भएका थिए।

    हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि ओपनिङमा उत्रिएका कुशलले ९५ बलमा १३ चौका र दुई छक्कासहित ९९ रन बनाएर वेलिङ्टन मसाकाजादाको बलमा बोल्ड हुँदा एकदिवसीय अन्तर्राष्ट्रियमा करिअरको दोस्रो शतक बनाउन थपेका हुन् ।

    कुशलसँग कीर्तिमानी इनिङ खेलेका आसिफ एक सय बलमा सात चौकासहित ६६ रन बनाएर मसाकाजादाको बलमा रायन बर्लको हातबाट क्याच आउट भए ।

    नेपालको इनिङको शानदार सुरुआत गरेका कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारीको रेकर्ड बनाएका थिए ।

    यसअघि ज्ञानेन्द्र मल्ल र आसिफले बनाएको एक सय ३९ रनको साझेदारीको कीर्तिमान तोडेर एक सय ७१ रनको नयाँ कीर्तिमान कायम गरेका हुन् ।

    अहिले ४० ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर २ सय १३ रन बनाएको छ। क्रिजमा कुशल मल्ल १२ रन बनाएर खेलिरहँदा कप्तान रोहित पौडेल उनलाई साथ दिइरहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend