logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बजेटले संघीयताको मर्मलाई बुझ्न सकेनः सन्तोष परियार

    बजेटले संघीयताको मर्मलाई बुझ्न सकेनः सन्तोष परियार

    1.4K
    Shares
    बजेटले संघीयताको मर्मलाई बुझ्न सकेनः सन्तोष परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताएका छन् ।

    आईतवार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आर्थिक रुपमा संघीयताको बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गरे ।

    उनले केन्द्रले स्थानीय तहको अधिकार मिचेर सशर्त अनुदान दिएको बताए । उनले कार्यविधि केन्द्रले बनाएर स्थानीय तहमा पठाउने कुरा गलत भएको बताए ।

    उनले भने, ‘आर्थिक रुपमा संघीयताको बारेमा उल्लेख्य काम भएको छैन । अहिलेको बजेटले संघीयताको मर्मलाई बुझेन । जस्तो सशर्त अनुदानको कुरा छ । त्यो भनेको के हो ? त्यो भनेको केन्द्र हाबी भएको हो । केन्द्रले स्थानीय तहको अधिकार मिचेको हो । कार्यविधि केन्द्रले बनाएर तल पठाउने काम पनि गलत हो । संघीयता व्यवस्थाबिरुद्ध जसरी अहिले यो आवाज उठेको छ । संघीयता खर्चालु भयो जस्तो गरेर । यो मिथ्या कुरा गरेर संघीयतामाथि आरोप लगाइएको छ ।’

    प्रमुख सचेतक परियारले संघीयताबिरुद्ध खर्चालु भयो भन्नेजस्ता आवाज उठाएर संघीयतामाथि मिथ्या सूचना फैल्याइएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend