logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गोकुल बास्कोटाको चेतावनी – कालो झण्डा लिएर सदनमा उभिनु नपरोस्

    गोकुल बास्कोटाको चेतावनी – कालो झण्डा लिएर सदनमा उभिनु नपरोस्

    1.1K
    Shares
    गोकुल बास्कोटाको चेतावनी – कालो झण्डा लिएर सदनमा उभिनु नपरोस्

    काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमाले सांसद बास्कोटाले बजेटको समन्यायिक वितरण हुन नसकेको टिप्पणी गरेका हुन् ।

    आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको उदाहरण दिँदै उनले भने अगाडि थपे, ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन् । १३ नम्बर वडा कहाँ पर्छ ? १४ नम्बर वडा कहाँ पर्छ ? १५ नम्बर वडा कहाँ पर्छ?’

    कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर दिएअनुसार अर्थ मन्त्रालयले बजेट राख्दा यस्तो भएको उनको आरोप छ । ‘कसले दियो त्यो चिर्कटो ?’ अर्थमन्त्री डा. प्रकाशशरण महत र शहरी विकासमन्त्री सीता गुरुङलाई उनले प्रश्न गर्दै भने, ‘प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?’

    नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै उनले गुनासो पोखे । आफ्नो रिसकै कारण बजेट काटिएको भए कांग्रेस, माओवादी वा अरु हिँड्न अर्को बाटो बनाउँँछ भनेर बास्कोटाले जिज्ञासा राखे ।

    ‘मैले ब्रिफकेस फुटाएको देखेको थिएँ यही सदनमा, म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस् ।’ बास्कोटाले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend