धनगढी । सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको हो ।
दुर्घटनामा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका बझाङका प्रमुख प्रहरी भण्डारीले जानकारी दिए ।
घाईतेहरुको उद्दार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको जानकारी दिइन् ।