logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • अमेरिकाविरुद्धको खेलमा नेपाललाई ऐरीले दिलाए आठौं विकेट

    अमेरिकाविरुद्धको खेलमा नेपाललाई ऐरीले दिलाए आठौं विकेट

    1.5K
    Shares
    अमेरिकाविरुद्धको खेलमा नेपाललाई ऐरीले दिलाए आठौं विकेट

    काठमाडौं । जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट विश्वकप छनोट खेलमा नेपालले अमेरिकाको आठौं विकेट छारेको छ ।

    नेपाली टोलीका दिपेन्द्र सिंह ऐरीले ४३ औं ओभरमा अमेरिकाका जेस्सी सिंहलाई क्याच आउट गराए । उनलाई रोहित पौडेलले क्याच आउट गरेका हुन् ।

    अमेरिकाले ४५ ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १८९ रन बनाएको छ । आजको खेलमा नेपालका करण केसीले सर्वाधिक चार विकेट लिए । ऐरीले दुई तथा गुल्सन झा र ललित राजवंशीले समान एक विकेट दिलाउन सफल भए ।

    अमेरिकाका शयन जहाँगिर ६७ बलमा ८५ रन बनाएर खेलिरहेका छन् । त्यसअघि सुशान्त मदानीले ४२ तथा गजानन्द सिंहले २६ रनको योगदान दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend