logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सुदूरपश्चिमका कानुनमन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा

    सुदूरपश्चिमका कानुनमन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा

    2.2K
    Shares
    सुदूरपश्चिमका कानुनमन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा

    काठमाडौं । मङ्गलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका आज बिहान धनगढी रङ्गशालामा राखिएको छ ।

    मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभासदस्यहरु धनगढी रङ्गशालामा पुगेर सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्। धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ ।

    मन्त्री नियुक्त भएको ३०औँ दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नंको गाडी बझाङको केदारस्यूँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend