logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    2.2K
    Shares
    भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    चलचित्र संघका कानुन व्यवसायी जयलाल भण्डारीले यो विषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले १२ असारमा दुबै पक्षलाई बोलाएको जानकारी दिए ।

    भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भनिएको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शन रोकेका थिए ।

    बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघले अदालतमा रिट दायर गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend